News
Photo Gallery
बनेपा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालन भएको नगरस्तरीय विषयगत शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूलाइ नगर प्रमुख श्री शान्तिरत्न शाक्यज्यू, उप-प्रमुख श्री बिमला सापकोटा दाहालज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश आचार्यज्यूवाट पुरस्कार वितरण ।
बनेपा नगरपालिका शिक्षा, युवा तथा देलकुद शाखाको आयोजनामा पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंगको श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा उप-प्रमुख र नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक श्री रेखा सापकोटा(दाहाल)ज्यूको समुपस्थितिमा बनेपा नगरपालिका वडा नं. १,२,३ र ४ का जनप्रतिनिधिहरू, शिक्षक अभिभावक संघका संयोजकहरू, प्रधानाध्यापकहरू र शिक्षकहरूको सक्रिय सहभागितामा १ दिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।
बनेपा नगरपालिकाको सातैं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष श्री लक्ष्मीनरसिंह वादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको शुभारम्भ सभाध्यक्षबाट पानसमा दिप प्रज्वलित गरेर भएको थियो । राष्ट्रिय गान गाएर सम्मान प्रकट गरिएको शुभारम्भ समारोहमा ज्ञात अज्ञात सहिदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । उपप्रमुख रेखा सापकोटा दाहलबाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आ.व. को फागुन ९ गतेसम्म सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा भएको थियो । स्वागत मन्तव्य पछि सभाध्यक्षको सम्बोधन रहेको थियो ।
सभाध्यक्षको सम्बोधन पछि विषयगत समितिका संयोजकहरूबाट क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची बमोजिम आर्थिक विकास समितिका संयोजक श्री सचितानन्द के.सी., सामाजिक विकास समितिका संयोजक श्री चन्द्रबहादुर खड्का, वन र विपद् व्यवस्थापन समितिका संयोजक श्री शिवकुमार थापा, सुशासन तथा संस्थागत विकास समितिका संयोजक श्री रामबहादुर थापा, वातावरण समितिका संयोजक श्री वर्ण शाक्य र पूर्वाधार विकास समितिका संयोजक श्री श्यामसुन्दर श्रेष्ठबाट आआफ्नो क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
सभामा विभिन्न सदस्यहरूले राखेका जिज्ञासा सम्बन्धित समितिका संयोजक एवम सभाध्यक्षबाट सम्बोधन भएको थियो ।
पत्रकारहरूको बाक्लो उपस्थिति रहेको सभाको कार्यसूची अनुरूप प्रमुख प्रशासकीय अधिकृत श्री कविराज उप्रेतीबाट आवश्यक सहजिकरण भएको सभामा वातावरण संरक्षण विधेयक स्वीकृत गर्ने साँस्कृतीक संग्राहलय स्थापना गर्ने तथा बाजे बज्यै पार्क निर्माण गर्ने लगायतका विभिन्न प्रस्तावहरू पारित भएका थिए ।
सभाध्यक्षबाट धन्यवाद मन्तव्य सहित सभा विसर्जन भएको थियो ।
निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत काभ्रे जिल्ला निर्वाचन क्षेत्र नंं. २ अन्तरगत स्वीकृत बनेपा न.पा. वडा नं. ८ स्थित लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३
मोतिविन्दु रोगलागेका बनेपा नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विरामीहरूको निःशुल्क शल्यक्रिय गर्ने विषयमा बनेपा नगरपालिका, रेयूकार्इ एर्इको मासुनागा आँखा अस्पताल, रोटरी क्लब अफ धुलिखेल र क्रियटिभ बचत्त तथा ऋण सहकारी संस्था लि. बनेपाका बिचमा मिति २०७५ भाद्र ६ गते भएको सम्झौता कार्यक्रमको एक झलक
नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।
नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।
नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।
बनेपा नगरपालिकाका उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा. शिक्षा शाखा प्रमुख श्री शिबराज त्रिपाठी तथा स्रोत व्यक्ति श्री रेणुकान्त भट्टरार्इ लगायतको टोलिद्वारा मिति २०७५।०१।१४ गते बनेपा नगरपालिका भित्र रहेका वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन
बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।
माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।
मिति २०७४ साल चैत्र ४ गते विहान बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।