News
सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम
बनेपा नगरपालिका र नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा प्रमुख अतिथि माननीय श्री कृष्णहरी बाँस्कोटाज्यूको प्रस्तुती सहित बनेपा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू, काभ्रे जिल्लाका पत्रकारहरू र नगर कार्यपालिकाका कर्मचारीहरू को सहभागीतामा संचालित "सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम" मा कम्प्यूटर तथा प्रविधिको आवश्यकता तथा जानकारी सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुहुदै Emerge Computer Education का सह–सञ्चालक रुकेश राजभण्डारी । 'गुणस्तरीय कम्प्यूटर तथा प्रविधिको शिक्षा आजको आवश्यकता' भन्ने मूल उदेश्यका साथ यस कार्यक्रममा सम्पूर्ण उपस्थित पदाधिकारी ज्यूहरुलाई प्रविधि मैत्री ज्ञानको बारेमा जानकारी प्रदान गरिएको थियो भने उक्त कार्यक्रम पश्चात हाम्रो यस बनेपा नगरपालिका वाडा लगायतका जन प्रतिनिधि तथा पदाधिकारी ज्यूहरुलाई चारदोबाटो, बनेपा - ७, काभ्रेमा अवस्थित Emerge Computer Education मा ६ महीने Basic Computer र Professional Office Package का कम्प्युटर कोर्स प्रदान गर्नु भएको थियो । उक्त कम्प्युटर कोर्सहरुमा Microsoft Office, Microsoft Excel, Microsoft Power point लगायतका दैनिक कार्यालय उपयोगिताका कम्प्युटर विषयहरू अध्यापन हुने जानकारी दिनु भएको थियो भने यस आधुनिक तथा समयसामयिक कम्प्युटर शिक्षाबाट हाम्रो यस बनेपा नगरपालिकाका पदाधिकारी ज्युहरु दैनिक कार्य प्रविधिमा सरलता तथा गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्नेमा हामी विश्वस्त रहेका छौ।